Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वाइसिएल र युवा संघबीच यसरी भयो भागबण्डा, भोली एकता घोषणा सभा

काठमाडौं, राष्ट्रिय युवा संघ नेपालले संगठन एकतासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ ।

केन्द्रीय समितिको संख्याका लागि भने संगठनले पार्टीसँग अनुमति माग्ने निर्णय समेत गरेको छ ।

पढनुस संयोजक दीपशिखाले जारी गरेको विज्ञप्ती

हाम्रा दुई गौरवशाली संगठन वाइसिएल नेपाल र युवा संघ नेपालबिच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा यहि भदौं २५ गते संगठनका इन्चार्ज क।महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक क।राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक क।रमेश पौडेल उपस्थित विषेश बैठकले गरेका निर्णयहरु संम्प्रेशण गर्दछौं ।

१। राष्ट्रिय युवा संघको केन्द्रिय समिति ३३५ सदस्यिय बनाउनका लागि पार्टीसँग अनुमति मागियो । ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गरिनेछ ।

२। केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन गरिनेछ ।

३। केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गरिनेछ ।

४। संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा रहनेछ ।

५। यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ ।

६। ७ प्रदेशमध्य ३ मा साविक वाइसिएल नेपाल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।

७। ७७ जिल्लामध्य ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।

एकता प्रक्रियालाई शिघ्र टुग्याउँन यहि भदौं २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ । साथै नयाँ चयन हुने केन्द्रिय समतिको बैठक अशोज ९ गते काठमाडौंमा बस्नेछ ।

प्रेस तथा पत्रकार मित्रहरुमा संगठनको कार्यालय उद्घाटन, पदभार ग्रहण कार्यक्रमका लागी भदौं २७ गते दिनको ३ बजे संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा हार्दीक आमन्त्रण गर्दछौं ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: