३८ वर्षकी महिला २०औं पटक गर्भवती भएपछि चिन्तामा प्रशासन

मुम्बई । उमेरले जम्मा ३८ वर्ष पुगेकी एक महिला २०औं पटक गर्भवति भएपछि स्थानीय प्रशासनले चिन्ता व्यक्त गरेको छ ।

अचम्म के छ भने ती महिलाका अहिलेसम्मका सबै प्रसुति घरमा नै भएका छन् । यो प्रसुति भने अस्पतालमा गराउन स्थानीय प्रशासनले चासो लिएको छ ।

महिलाको तौल जम्मा ४५ किलो भएकोले स्वास्थ्यमा समस्या आउन सक्ने अधिकारिहरुले जनाएका छन् ।

याे पनि पढ्नुस  ‘मिसन मंगल’ले ६ दिनमा कति कमायो ?

नवभारत टाईम्सका अनुसार, महाराष्ट्रको मीड मजलागाउँ निवासी लंकाबाईले १९ पटकमा जन्माएका बच्चामध्ये ११ जना जीवित छन् ।

उनका १६ प्रसप सफल भएका थिए भने ३ पटक गर्भपतन गर्नुपरेको थियो ।

कुडा करकट छान्ने काम गर्ने उनका श्रीमानलाई सम्झाशएर अस्पतालमा डेलिभरि गराउन सामाजिक कार्यकर्ता समेत लागेका छन् ।

याे पनि पढ्नुस  गर्भवतीको घर–घरमा झण्डा, हात–हातमा अण्डा

मजलगांवका को ब्लक मेडिकल अफिसर अनिल परदेसीले यसपटक प्रसव राम्रो हुन नसके ज्यानको खतरा रहेको बताए । डेलिभरिपछि पनि रक्तअल्पताका कारण समस्या हुने भएकोले विशेष सतर्कता अपनाउन उनीहरुले लंकाबाईको नियमित चेकअप गरिरहेको समाचारमा छ ।

लंकाबाईका कुनैपनि बच्चाले पढेका छैनन् । दैनिक दुई तीनसय कमाई हुने उनको परिवारमा आर्थिक संकट झन बढेको छ । उनको जेठो छोरा २१ वर्षको छ । उसका पनि ३ बच्चा छन् ।

याे पनि पढ्नुस  होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु, कोरोना आशंका

स्थानीय प्रशासनले अहिले मासिक ५ हजार र राशन कार्डको व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्