भारतीय क्रिकेट खेलाडीले वेस्टइन्डिजमा श्रीमतीसँग बस्न पाउने, विश्वकप यता थिएन अनुमति

काठमाडौंः  भारतीय क्रिकेट नियामक संस्था (बीसीसीआई)ले भारतीय टीमका खेलाडीलाई वेस्टइण्डिज भ्रमणको क्रममा परिवारका सदस्यहरूलाई साथ राख्ने अनुमति दिएको खुल्न आएको छ ।

टाइम्स अफ इंडियाले प्रकाशित गरेको जानकारी अनुसार बीसीसीआईले हाल लागू भएका परिवारसम्बन्धी नियमहरूमा केही छूट दिएको बताइएको छ ।

बीसीसीआई सम्बद्ध स्रोतहरूले बताए अनुसार विश्वकपमा खेलाडीहरूले झेलेको तनाव कम गर्न लगत्तै सुरु भएको वेस्टइन्डिज भ्रमणमा उनीहरूलाई यस्तो अनुमति दिइएको हो ।

बीसीसीआईका एक जाना अद्जिकारीले भने, “खेलाडीहरूलाई विश्वकपमा निकै तनाव रह्यो । त्यसको लगत्तै पछि वेस्टइन्डिजका लागि हिँडेका उनीहरूलाई परिवारसँग बस्ने अनुमति दिइनु आवश्यक थियो ।

याे पनि पढ्नुस  भारतीय टिमलाई झड्का, कप्तान कोहलीको औँलामा चोट

उनले भने, “वेस्टइन्डिजसँगको शृंखला पछि लामो र व्यस्त घरेलु सिजन सुरु हुँदै छ । देशमा परिवारसँग यात्रा गर्न निकै अप्ठ्यारो हुने हुँदा यस्तो सुविधा दिइएको हो ।”

बीसीसीआईले भारतको सर्वोच्च अदालतद्वारा नियुक्त प्रशासकहरूको समिति, मुख्य कोच र कप्तानसँग मिलेर परिवारसम्बन्धी नियम बनाएको छ । यस नियम अन्तर्गत खेलाडीहरूले विदेशमा खेल्न जाँदा निश्चित समयआ लागि मात्र परिवारका सदस्यहरूलाई साथमा राख्न सक्छन् ।

याे पनि पढ्नुस  ऋषभ पन्त टीमबाट आउट हुने खतरा

यस नियमका अनुसार लामो भ्रमणको क्रममा खेलाडीहरूलाई सुरुका २० दिन परिवारसंग बस्ने अनुमति दिइन्न । उनीहरूलाई पूरा भ्रमणको क्रममा २१ दिन मात्रै परिवारसँग बस्न अनुमति दिइने गरेको छ ।

स्रोतले टीमका एक जना वरिष्ठ सदस्यले विश्वकप सुरु भएदेखि नै परिवारसँग बस्न अनुमति मागेका थिए तर प्रशासकहरू समितिले यसलाई स्वीकार नगरेको बतायो । त्यसपछि उनले नियमलाई अटेर गर्दै आफ्नो परिवार इङल्याण्ड झिकाएका थिए ।

विश्वकपको दौरान भारतीय कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्मा सधैं जसो सँगसँगै थिए । कोहलीले यस कुरालाई गोप्य राखेनन् र आफ्ना तस्बीर सामाजिक संजालमा साझा गरिरहे ।

याे पनि पढ्नुस  भारतीय टिमका लागि धोनी अझै कति आवश्यक? यस्तो भन्छन् एक कप्तान

अधिकारी बताउँछन्, “यो नियम सबैका लागि थियो । वेस्टइन्डिजको लागिओ तिनै प्रारूपका लागि खेलाडी चयन भएका थिए जसमध्ये केही खेलाडी तिन ओटै प्रारूपका लागि थिए । विराट त्यसमध्ये एक हुन ।”

उनले थपे, “विराट पेशेवर खेलाडी हुन् उनी नियम तोड्ने गर्दैनन् । यस दौरान उनकी पत्नीको निजी कार्यक्रमका कारण उनीहरूको भेट भएको हो ।”

कमेन्ट गर्नुहोस्