मलेसियाको रोजगारी खुला, शून्य लागतमा कामदारले मलेसिया जान पाउने

काठमाडौंः नेपाल र मलेसियाबीच १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्ने सहमति भएको छ । दुबै देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा उक्त सहमति भएको हो ।

सहमतिपछि अब नेपालबाट ‘शून्य लागतमा’ नयाँ कामदार मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र उमेश ढुंगाना नेतृत्वको टोलीले मलेसियाको क्वाललम्पुरमा उक्त सहमति गरेको हो ।

मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।

कमेन्ट गर्नुहोस्