किन रोकियो प्रा.वि तहको नतिजा? यस्तो भन्छ आयोग

काठमाडौंः शिक्षक सेवा आयोगले भदौ १८ गतेदेखि सार्वजनिक गर्न थालेको खुल्लातर्फको प्राथमिक तहको नतिजा रोकिएको छ । भदौ १८ देखि २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको छैन ।

आयोगले २४ गतेपछि नतिजा सार्वजनिक गरेको छैन । अझैं ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य रोकिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी दामोदर आचार्यले नतिजा सार्वजनिक कार्यमा देखिएको समस्या समाधान गर्ने कार्य चलिरहेको बताए । ‘नतिजा सार्वजनिक कार्य रोकिएको हो, केही प्राविधिक समस्या आएका कारण स्थगन गरेका हौं,’ उनले भने, ‘समस्या समाधान गरेर शुक्रबारसम्म नतिजा सार्वजनिक गछौं ।’

कमेन्ट गर्नुहोस्