दुई वर्षकी छोरीले यसो गरेपछि गयो आमाको ज्यान

काठमाडौँ, बेलारुसमा एक दुइ वर्षीय बालिकाको हातबाट उनकी आमाको ज्यान गएको छ। बेलारुसको स्टारी भन्ने गाउँमा भएको उक्त दुर्घटनामा २१ वर्षीय आम को मृत्यु भएको छ।

डेली मिररले प्रकाशित गरेको समाचार अनुसार रोकिराखेको बिएमडब्ल्यु कारको आधा खुलेको झ्यालबाट दुई वर्षीय छोरी आरियानालाई बाहिर निकाल्न खोज्दा छोरीले झ्याल बन्द हुने बटन थिची दिएकी थिइन्।

कारको सीसाले घाँटी अँठ्याएपछि अचेत भएकी युलियालाई उनका पति आर्टरले कारको सीसा फुटालेर उद्वार गरेका थिए। उनलाई तत्काल नै अस्पताल लगिएको भएपनि उनको अवस्था गम्भीर भएको र दुर्घटनाको आठौँ दिन उनको मृत्यु भएको समाचारमा उल्लेख छ।

उनलाई अस्फिक्सिया भन्ने समस्या भएको डाक्टरहरूले बताएका छन्। यस प्रकारको समस्यामा मस्तिष्कमा अक्सिजन आपूर्ति नभएर धमनीहरू नष्ट हुने गर्दछन्।

“अगस्ट ३१ तारिखका दिन साँझ साढे ४ तिर उनका श्रीमान उनलाई अस्पताल लिएर आएका थिए। उनको घाँटीमा टाउकोमा रगत लैजाने धन्मनी थिचिएको थियो। ” उपचारमा संलग्न चिकित्सकले भने, “उनलाई बचाउन सकिएन। ”

दुर्घटनाको दिन युलियाले आफ्नो २१ औं जन्मदिन मनाइरहेकी थिइन्। दुर्घटनापछि उनलाई कहिल्यै होस् नआएको उपचारमा संलग्न चिकित्सकहरूले बताए।

प्रहरी अधिकारीहरू दुर्घटनाको कारणबारे जांच गरिरहेका छन्। युलिया र आर्टरका चार वर्षकी मार्गरिटा र दुई वर्षकी आरियाना गरेर दुई छोरी रहेका छन्।

कमेन्ट गर्नुहोस्