दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

काठमाडौंः दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । सरकार भाडा बढाउन तयार नभएपछि यातायात व्यावसायीले यसपटक दसैंमा नयाँ यातायात सञ्चालन गर्ने छैनन् ।

यातायात व्यवस्था विभागमा बिहीबार बसेको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । बैंठकमा विभागका महानिर्देशक हमाल, यातायात व्यवसायी तथा ट्राफिक प्रहरी सहभागी थिए ।

याे पनि पढ्नुस  दसैंअघि गाडी भाडा नबढ्ने

दसैं तिहारका लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने, विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन गरिनेसमेत निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्