अदालतकै कर्मचारी घुससहित रङ्गेहात पक्राउ !

काठमाडौंः जिल्ला अदालत सिराहामा करार सेवामा कार्यरत हलुका सवारी चालक बृज मोहन यादव घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भन्दै घुस लिएरहेका यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले १ लाख १० हजार घुससहित रङ्गेहात पक्राउ गरेको हो ।

सिराहा नगरपालिका वडा–७ हस्पिटल चोकस्थित खडग होटलबाट घसुसहित रङ्गेहात नियन्त्रणमा लिइएका यादवमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्