Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लामखुट्टे मार्न बस्ती–बस्ती पुगे पूर्वमन्त्री बस्नेत

भक्तपुरः  पूर्वमन्त्री महेश बस्नेत आफैँ लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत रहेका बस्नेत सोमबारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै बस्तीमा हिँडेका हुन् ।

उनी बुधबार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका छन् । ती दुईवटा मेसिन कोरियन कम्पनीबाट निर्मित हुन् ।

बस्नेतका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैयाँ पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ ।

सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किरा पनि मर्छन् । मेसिनमा डिजेल, पेट्रोल र जिभ्यान नामक कीटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ ।

स्थानीयको आग्रहमा धेरैजसो ठाउँमा म आफैँ गइरहेको र यो प्रभावकारी भएको उनले बताए । उनले सरकारलाई गाली गरेर बस्न भन्दा आ-आफ्नो ठाउँबाट काम गर्नु उपयुक्त हुने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: