Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रदेशले आफ्नै प्रहरी भर्ना गर्न पाउने

काठमाडौंः  प्रहरी कर्मचारी समायोजन तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक सामान्य संशोधन गर्दै राष्ट्रिय सभाले पारित गरेको छ । विधेयक पारित भएसँगै अब प्रदेशहरुले आफूलाई आवश्यक परेका प्रहरी भर्ना गर्ने बाटो खुलेको छ ।

प्रहरी निरीक्षकदेखि तल्लो तहका प्रहरी कर्मचारी अब प्रदेशले भर्ना गर्न सक्ने छन् । तर त्यसका लागि प्रदेश प्रहरी ऐन र प्रदेश लोकसेवा आयोग ऐन भने प्रदेशले बनाइसकेको हुनुपर्छ । यो ऐनहरु नबन्दासम्म प्रहरी जनशक्ति आवश्यक परे पनि प्रदेशले पदपूर्तिका लागि नेपाल प्रहरीलाई पत्राचार गर्नुपर्ने छ ।

प्रहरी समायोजन विधेयकको दफा १० मा प्रदेश प्रहरीको पदपूर्ति गर्ने गरी माग प्राप्त भएमा मन्त्रालयले त्यस्तो पदमा पदपूर्तिका लागि नेपाल प्रहरीमा हुने पदपूर्तिको व्यवस्थाबमोजिम उम्मेद्वार छनौट गरेर नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ ।

समायोजन भएर खटाईएको प्रदेशमा जाने प्रहरी कर्मचारी १५ दिनभित्र अनिवार्य सम्बन्धित प्रदेशमा हाजिर हुनुपर्ने छ । समयमै हाजिर नभए अवकाश दिइने व्यवस्था ऐनमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: