Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दक्षिण अफ्रिका विरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टेस्ट सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ ।

विराट कोहलीको कप्तानीमा २ अक्टुबरदेखि हुने तीन खेलको सिरिजका लागि आज टिम घोषणा गरिएको हो ।

यो सिरिजमा केएल राहूल टिममा अटाउन असफल भएका छन् । उनको स्थानमा रोहित शर्मालाई स्थान दिइएको छ । र, उनले मयंक अग्रवालसँग ओपनिङ गर्ने छन् ।

यस्तै शानदार प्रदर्शन गरिरहेका २० वर्षीय युवा क्रिकेटर शुभमन गिलले पहिलोपटक टेस्टमा मौका पाएका छन् । विकेटकीपरका रुपमा ऋषभ पन्त र ऋद्धिमान शाहालाई टिममा समावेश गरिएको छ । हेर्नुस् दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेल्ने भारतीय टिम–

विराट कोहली (कप्तान), मयंक अग्रवाल, रोहित शर्मा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, ऋषभ पन्त, ऋद्धिमान शाहा, आर अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, जसप्रीत बुमराह, ईशान्त शर्मा, शुभमन गिल ।

दक्षिण अफ्रिका-भारतबीचको पहिलो टेस्ट खेल भारतको विशखापट्नममा हुनेछ । दोस्रो खेल पूणे र तेस्रो म्याच १९ अक्टुबरमा राँचीमा हुँदैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: