व्यापार सुक्यो, दुर्घटना बढ्यो तर बनेन बौद्ध–जोरपाटी सडक

काठमाडौंः विष्णु चाैलागाईंले बौध्द क्षेत्रमा कपडा पसल गर्दै आएको ८ वर्ष भयो । विगतमा राम्रै व्यापार चल्थ्यो, अहिले व्यापार घटेको छ ।

बौद्ध क्षेत्रमा उनको मात्र होइन अरु धेरैको व्यापार घटेको छ । यसको मुख्य कारण यस क्षेत्रको सडक हो । बौद्ध क्षेत्रमा वर्षामा सडक हिलाम्मे हुन्छ भने घाम लागे धुलाम्य हुन्छ ।

चौलागाईंले पसलको भाडा ४० हजार र बत्तिको १६ हजार रूपैयाँ तिर्नुपर्छ । उनको पसल बाटोको सामुन्ने नै छ । सडकको दुराबस्थाको असर उनको पसलमा सिधै पर्छ । बाटो पारीका ग्राहक वारी आउन सक्ने अबस्था छैन । उनले भने, ‘सरकारले छिट्टै नै बाटो बनाइदिए यो समस्याबाट चाँडै मुक्ति पाइन्थ्यो । पानी पर्दा वारीको मानिस पारी आउन पनि झन्झट हुन्छ ।’

याे पनि पढ्नुस  दुर्घटनामा परेपछि पूर्वमन्त्री हिसिला यमी अस्पताल भर्ना

बाटोको धूलोले गर्दा आफूलाई विभिन्न रोग लाग्ने गरेको बताउँदै, उनले पसलमा राखिएका नयाँ लुगा धूलोले फोहोर हुँदा ग्राहकले खासै नरुचाउने गरेको बताउए । बौध्दनाथ क्षेत्र विकास समितिमा काम गर्दै आएका सन्जे लामा र मिलन राईका अनुसार विशेष सिजनमा दैनिक एकसयदेखि आठसयसम्म विदेशी पर्यटक आउने गर्छन् ।

अहिले अफ सिजन भएकाले तीनसयदेखि चारसयसम्म मात्र पर्यटकहरू बौद्धनाथ क्षेत्रमा आउने गरेका छन् । सो क्षेत्रमा आउने पर्यटकहरू मध्ये चीन र भारतबाट धेरै आउने गरेका छन् । बाटोका कारण अहिले पहिलाको भन्दा पर्यटक कम आउने गरेको उनीहरूको भनाइ छ ।

याे पनि पढ्नुस  स्याङ्जा गल्याङमा जीप दुर्घटना, १ बालकको मृत्यु, २२ घाइते

यस्तै, बौद्ध क्षेत्रमा दश वर्षदेखि फार्मेसी सञ्चालन गर्दै आउनुभएका पारामेडिक्स भरतराज पौडेलको फार्मेसीसँगै क्लिनिक पनि छ । उनको क्लिनिकमा दैनिक रूपमा बिरामीहरू स्वास्थ्य परीक्षण गर्न आउने उनको भनाइ छ । बाटोको धूलो र धुवाँले बिरामीका संख्या बढेको मात्र हाेइन उहाँको किल्निकमा कार्यरत स्टाफहरू पनि विभिन्न रोगको सिकार भएका छन् ।

बौध्दनाथ क्षेत्र विकास समितिका कर्मचारी सूर्य लामा बिहान ६.०० देखि दिउँसो १.०० बजेसम्म सोही क्षेत्र काम गर्छन् । उनले बाटोको कारण पर्यटक टिकट किन्ने बेलामा बाटोको समस्या बारे गुनासो गर्ने गरेको बताए । पाँच प्रतिशत पर्यटकले काउण्टरमा टिकट किन्ने बेला टिकटको मूल्य धेरै उठाउने तर उठाएको अनुसार सुबिधा नभएको जस्ता गुनासो गर्ने गर्छन् ।

याे पनि पढ्नुस  अपडेट: स्याङ्जा दुर्घटनामा मृृृृतककाे संख्या ३ पुग्याे, तीज मनाएर फर्किंदै थिए महिलाहरु

पर्यटकले बौध्दनाथको अगाडि पुग्दा बसबाट आफ्नो पाइला राख्दा आनन्द महसुस भएकाे बताउने गरेको उनले सुनाए । लामाले भने, बौध्द स्तुपा विश्व सम्पदा क्षेत्रमा पर्छ तर पनि यी क्षेत्रको विकास भने हुनसकेको छैन । भिजिट नेपाल २०२० को प्रचार प्रसार सुनेका छौँ तर अझै उन्नति देख्न भने सकिन्छ त?

पूर्ण लामाका अनुसार बाटोको समस्या र धूलो धुँवाका कारण दिन प्रतिदिन दुर्घटना वृद्धि हुँदै गरेको छ । विशेष गरी पानी पर्दा हिलो, घाम लाग्दा धूलो र धुँवाले गर्दा हरेक दिन बाइक, स्कूटर दुर्घटनाका कारण यात्रुहरू घाइते हुने गरेका छन् । गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्