वृद्धि भयो सामाजिक सुरक्षा भत्ता, कसको कति बढ्यो? (सूचीसहित)

काठमाडौंः  सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जानकारी दिएको हो।

आर्थिक वर्ष २०७६–०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६–०५–१२ र २०७६–०५–४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागले जनाएको छ।

भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाको मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लोपोन्मुख आदिवासी जनजातिको मासिक ३ हजार पुगेको छ। त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने भएका छन्।

कमेन्ट गर्नुहोस्