भादगाउँले टोपी लगाएर नेपाल पुगिन् सन्नी लियोनी

काठमाडौंः  बलिउड अभिनेत्री सन्नी लियोनी आज नेपाल पुगेकी छिन् । सन्नीको विशेष भूमिका रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियर शोमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

दिउँसो २ बजे आउने भनिएकी सन्नी बेलुकी ४ बजे मात्र नेपाल आइपुगेकी हुन् । सन्नी ‘पासवर्ड’ चलचित्र नेपाली कलाकार र मिडियाकर्मी संगै बसेर कुमारी हलमा हेर्नेछिन् । उनले चलचित्र हेरेपछि मिडियालाई अनुभव पनि सुनाउने योजना छ ।

याे पनि पढ्नुस  हट नायिका सनी लियाेनी बिहीबार काठमाडौं आउँदै

सन्नी लियोनीले पहिलोपटक नेपाली चलचित्रमा काम गरेकी हुन् । यस चलचित्रमा सन्नीले एउटा आईटम डान्समा अभिनय गरेकी छिन् ।

यहि गीतले गर्दा पासवर्ड चलचित्रको चर्चा चुलिएको छ । यहि गीत र सन्नीको आईटम डान्सलाई चलचित्रको प्रमोसनको मुख्य हाईलाइट बनाईएको छ । सन्नी दोस्रोपटक नेपाल आएकी हुन् । यस अघि उनी ब्राण्ड प्रमोसनको लागि आएकी थिइन् ।

याे पनि पढ्नुस  हट नायिका सनी लियाेनी बिहीबार काठमाडौं आउँदै

कमेन्ट गर्नुहोस्