नेकपा सुदूरपश्चिमको टोली गोदावरीमा

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका नेताहरुले शुक्रबार गोदावरी क्षेत्रको अवलोकन गरेका छन् ।

गोदावरी गुरुयोजना अन्तरगत भईरहेका कामको अवलोकन गर्न गएको टोलीले गोदावरीमा पछिल्लो समय बाढीले पुगाएको क्षतिका बारेमा पनि जानकारी लिएको छ ।

टोलीले गुरुयोजना अन्तरगत निर्माण भईरहेको कैवलनाथको मन्दिरको पनि अवलोकन गरेको छ ।

याे पनि पढ्नुस  सामान किन्न बजार गएकी हिरा ५ दिनदेखि वेपत्ता

अवलोकन टोलीमा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश सांसद चुन कुमारी चौधरी, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी लगायतको सहभागिता रहेको थियो ।

राजधानी निर्माण स्थलको चासो
गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने निर्णय कार्यान्वयमा नआएको भनी चर्को आलोचना भईरहेका बेला गोदावरी क्षेत्रमा गएको टोलीले राजधानी निर्माण स्थलको भने टाढैबाट अवलोकन गरेको छ ।

याे पनि पढ्नुस  भूप सैनिक संगठनका केन्द्रीय सदस्य धामीको निधन

टोलीमा सहभागी प्रदेश सभाकी सदस्य चुनुकुमारी चौधरीले प्रदेश सरकारले चालु आबमा राजधानीको लागि बजेट छुट्याएकोले अब काम शुरु हुने बताइन् । उनले नेकपाका शिर्ष नेताहरुको गोदावरी भ्रमण राजधानीको कार्य थालनीको रुपमा नै बुझ्न आग्रह गरिन् ।

प्रदेशको स्थायी राजधानी गोदावरी बनाउने प्रस्तावलाई गत बर्ष असोज १२ गतेको प्रदेश सभाको बैठकमा दुई तिहाइ बहुमतले पारित गरेको झण्डै एक बर्ष पुग्न लाग्दा पनि कार्यान्वयन नभईरहेको बेला नेताहरुको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्