कैलालीः सृजनशिल मञ्च सुदूरपश्चिमले भोलि धनगढीमा ‘धनगढी सृजना उत्सव’ आयोजना गर्ने भएको छ ।
संस्थाका अध्यक्ष जनक रसिकका अनुसार लामो समयदेखि धनगढीमा एकल कविता वाचन, गजल वाचन, सृजना वाचन लगायत कार्यक्रम गर्दै आएको सृजनशिल मञ्चले त्यसकै निरन्तरता स्वरूप भोलि ‘एसपीए धनगढी सृजना उत्सव’ आयोजना गर्न लागिएको हो ।
सृजना उत्सवमा वरिष्ठ साहित्यकार मनिराज जोशी र वरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थरले आफ्ना रचनाहरू प्रस्तुत गर्ने कार्यक्रममा संयोजक डिल्लीराज ओझा ‘समर्पण’ले जानकारी दिए ।
साथै कार्यक्रममा गायक गुणाकर पनेरुको गजल गायन पनि रहने आयोजकले जनाएको छ ।कार्यक्रम भोलि दिउँसो २ बजेबाट निर्माण व्यवसायी संघको सभाहलमा हुनेछ ।