भारतमा पनि अब रेमिट्यान्स कम्पनीबाट पैसा झिक्न पाउने

काठमाडौं । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा नचलेको कारणले भारतमा अलपत्र परेका नेपालीले रेमिट्यान्स कम्पनीमार्फत रकम निकाल्न पाउने भएका छन्। शुक्रबार राष्ट्र बैंक, सम्बन्धित बैंक तथा वित्तीय संस्था र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) बीच यस्तो सहमति भएको हो।

नयाँ व्यवस्थाअनुसार भारतमा रहेका नेपालीले त्यहाँ स्थित आईएमई र प्रभु रेमिट्यान्सको सम्पर्क कार्यालयमार्फत रकम भुक्तानी लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘नेप्सको सिस्टमअन्तर्गतका बैंक तथा वित्तीय संस्थाले भारतस्थित नेपाली रेमिट्यान्स कम्पनीको कार्यालयमार्फत रकम भुक्तानी लिन सक्नेछन,’ उनले भने, ‘यसबारेमा बैंक, नेप्स, सम्बन्धित रेमिट्यान्स कम्पनीबीच सहमति भएको छ।’

याे पनि पढ्नुस  चीनलाई उछिन्दै भारत, संक्रमितको संख्या ८२ हजार नाघ्यो

बुधबार नै राष्ट्र बैंकले भारतमा अलपत्र परेका नागरिकले आफूलाई जानकारी गराए २४ घण्टाभित्र रकम निकाल्ने सुविधा प्रदान गरिदिने बताएको थियो। सोहीअनुसार सबै विदेशमा रहेका नेपालीले धमाधम राष्ट्र बैंकमा विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन। राष्ट्र बैंकले शनिबारसम्म एकजनालाई पनि सुविधा दिन सकेको छैन। यो कुरा राष्ट्र बैंकका प्रवक्ता पनि स्वीकार गर्छन। ‘शनिबारसम्म एकजनाले पनि भुक्तानी पाएका छैनन,’ उनले भने, ‘यसमा सम्बन्धित बैंकहरू जिम्मेवार भएको देखिएन।’

याे पनि पढ्नुस  भारतमा दुई छुट्टा-छुट्टै सडक दुर्घटनामा १७ जनाको मृत्यु

बिहीबारको सम्झौताअनुसार शनिबारसम्म कतिजनाले भुक्तानी पाए भन्ने जिज्ञासा राख्दा नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले भने, ‘यो कुरा हामीलाई थाहा हुँदैन। के–कति जनाले भुक्तानी पाए भन्ने कुरा सम्बन्धित बैंकलाई जानकारी हुनुपर्ने हो।’

राष्ट्र बैंकले पनि पनि शुक्रबार सूचना जारी गरी भारतबाट वैकल्पिक माध्यमबाट भुक्तानी लिन सर्वसाधारणलाई आग्रह गरेको छ। ‘विभिन्नविद्युतीय कार्डमा बाँकी मौज्दातसम्मको रकम वैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘यस्तो माध्यमबाट रकमान्तररभुक्तानी भएको रकम कार्डको सीमबाट घटाउनुपर्नेछ ।’ यसरी वैकल्पिक माध्यमबाट रकमान्तर गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कमेन्ट गर्नुहोस्