Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मङ्सिरमा हुने उपनिर्वाचनका लागि साढे चार लाख मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली तयार गर्ने क्रममा दाबी विरोधका लागि १५४ वटा वडा कार्यालयमा सार्वजनिक गर्ने भएको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावलीको विवरण दाबी विरोधका लागि पठाइएको बताए । वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।

मङ्सिर १४ गते प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेत कुल ५१ पदहरूका लागि हुने उपनिर्वाचन हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: