बहालमा बस्नेसँग विद्युतको बढी शुल्क लिए घरबेटीलाई कारवाही गर्ने कुलमानको चेतावनी

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरुले बहालमा बस्नेसँग विद्युतको बढी शुल्क लिएको गुनासो आएको भन्दै त्यसलाई रोक्न चेतावनी दिएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा घरबेटीलाई चेतावनी दिँदै निर्देशक घिसिङले भने, ‘बहालमा बस्नेसँग विद्युतको बढी शुल्क नलिनु । बढी शुल्क लिइएको पाइएमा कारवाही गर्छौं ।’

याे पनि पढ्नुस  तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्ः कुलमान

उनले घरबेटीलाई विद्युतको व्यापार नगर्न पनि चेतावनी दिएका छन् । घरबेटीले प्रतियूनिट १५ रुपैयाँभन्दा बढी विद्युत् बापत् शुल्क लिने गरेको भन्दै घिसिङले घरबेटीलाई कडा चेतावनी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्