एशेज सिरिजः इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया

काठमाडौंः  एशेज टेस्ट क्रिकेट सिरिजको अन्तिम खेलमा घरेलु टिम इङ्ल्यान्डले अअष्ट्रलियालाई ३९९ रनको लक्ष्य दिएको छ।

पहिलो इनिङ्समा ६९ रनको अग्रता लिएको इङ्ल्यान्ड दोस्रो इनिङ्समा चौथो दिन आइतबार ३२९ रनमा अलआउट भयो ।

दोस्रो पालीमा इङ्ल्यान्डका जो डेन्लीले ९४, बेन स्टोक्सले ६७ र जोस बटलरले ४७ रन बनाए। अष्ट्रेलियाका बलर नाथन लायनले चार तथा प्याट कमिन्स, पिटर सिडल र सन मार्सले दुई–दुई विकेट लिए।

याे पनि पढ्नुस  रोय–बेरिस्टोको बिस्फोटक ब्याटिङ, इंग्ल्याण्ड फाइनल नजिक

ताजा अवस्थामा अष्ट्रेलियाले १६.३ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर ५६ रन बनाएको छ । अझै जीतका लागि अष्ट्रेलियालाई ३४३ रनको आवश्यकता छ ।

शृंखलामा अस्ट्रेलिया २–१ ले अगाडि छ। पहिलो र तेस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो। दोस्रो टेस्ट बराबरीमा सकिएको थियो भने चौथो टेस्ट इङ्ल्यान्डले एक विकेटले जितेको थियो।

याे पनि पढ्नुस  विश्वकप २०१९ मा स्मिथको चौथो अर्धशतक

अस्ट्रेलियाका स्टिभ स्मिथ लगातार ११औँ पालीमा कम्तीमा अर्धशतक बनाउने प्रयाशमा छन्। जारी शृंखलामा उनले तीन सतक र ३ अर्धसतक बनाएका छन्।

कमेन्ट गर्नुहोस्