Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शीर्ष डिभिजन लिगः रोहितको गोलमा पर्सिजा विजयी

काठमाडौंः इन्डोनेसियाको शीर्ष डिभिजन लिगमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फुटलर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले जीत हासिल गरेको छ ।

लिगमा तेस्रो जित दर्ता गर्ने क्रममा पर्सिजाले पीएसआईएस सेमाराङलाई २–१ ले हराएको हो ।

पहिलो हाफको इन्ज्युरी समयमा मारिओ सिमिचको गोलमा पर्सिजाले अग्रता लिएको थियो ।दोस्रो हाफको ५३ औं मिनेटमा रोहितले गोल गर्दै पर्सिजालाई २–० को स्थितिमा ल्याए ।

पर्सिजा गत संस्करणको विजेता हो । रोहित राष्ट्रिय टोलीमा रहँदा पर्सिजाले उनीविना खेलेको दुवै खेलमा हार बेहोरेको थियो ।

यो जीतसँगै पर्सिजा रेलिगेसन क्षेत्रबाट भने माथि उक्लिएको छ । टोलीले १६ खेलमा ३ जित र ८ बराबरीका साथ १७ अंक जोडेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: