Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अफगानिस्तानद्वारा बंगलादेशलाई १६५ रनको लक्ष्य, नाबीको विष्फोटक ब्याटिङ

काठमाडौंः त्रिकोणत्मक टि–२० सिरिज अन्तर्गत अफगानिस्तानले बंगलादेशलाई १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो ।

उसका लागि मोहम्मद नाबीले ३ चौका र ७ छक्काको मद्दतमा ५४ बलमा ८४ रन बनाए । यस्तै, अश्घर अफगानले ४०, नजीव तरकाइले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिनले घातक बलिङ गरे । उनले ४ ओभरमा ३३ रन खर्चिँदै महत्वपूर्ण ४ विकेट लिए ।

यस्तै कप्तान शाकिव अल हसनको नाममा २ विकेट रह्यो । सिरिजमा दुवै टिमले एकएक खेल जितेको छ । बंगलादेश–अफगानिस्तानबाहेक सिरिजमा जिम्बाब्बे पनि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: