ज्ञानेन्द्रविरुद्ध रेखाले भनिन्, ‘के पाराको बिरोध हो, चर्चा बटुल्न लफडा काफि हुँदैन?’

काठमाडौंः अभिनेत्री रेखा थापाले नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि ज्ञानेन्द्र शाहीले गरेको ब्यवहारप्रति विरोध गरेकी छन् ।

अभिनेत्री थापाले शनिवार मन्त्रीमाथि भएको ब्यवहारप्रति संकेत गर्दै ज्ञानेन्द्र शाहीको बिरोध गरेकी हुन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै नायि थापाले विरोधको शैली ठिक नभएको उल्लेख गरेकी छन् ।

उनले फेसवुकमा स्टाटस लेखेकी छन्, ‘यो के पाराको बिरोध हो? बुझिएन । कि क्रान्ति गरे हुने कि बिधी भित्र सभ्य व्यबहार देखाये हुन्थ्यो । चर्चा पाउन, ध्यान तान्न, नेता बन्न त्यत्ती लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला । अराजकता ठुलो नियतको भयो भने राजनीति हुन्छ, छुद्र भो भने आफ्नै औकात देखाउछ ।’

कमेन्ट गर्नुहोस्