टि–२० सिरिजः टस नै नभई रद्द भयो भारत र दक्षिण अफ्रिकाबीचको खेल

काठमाडौंः भारत र दक्षिण अफ्रिकाबीचको टि–२० सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको छ ।

धर्माशालाको एचपीसीए क्रिकेट रंगशालामा हुने भनिएको खेल लगातार वर्षाका कारण रद्द गरिएको हो ।

आज दिउँसोदेखि पर्न थालेको पानी नरोकिएपछि टस नै हुन नपाएर सिरिजको पहिलो खेल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यी दुई टिमबीचको दोस्रो खेल १८ सेप्टेम्बर मोहालीमा हुने छ । र, सिरिजको अन्तिम खेल २२ सेप्टेम्बरमा बैंग्लोरमा हुनेछ ।

कमेन्ट गर्नुहोस्