Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आकासियो प्याजको भाउ

काठमाडौं । तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । यस पटक प्याज भारतमै महँगो भएकाले नेपाल ल्याई पुर्याउँदा झन् महँगो भएको हो । पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रुपियाँ थोकमै कारोबार भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर ७८ देखि ८० रुपियाँ थोकमा किनबेच भइरहेको छ । कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी ९६ रुपियाँमा किनबेच भइरहेको छ । जबकि पाँच महिना अगाडि सोही बजारमा ४० रुपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बजारमा प्याजको आयात कम भएरभन्दा पनि भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको बताए । उनले भने, बजारमा प्याज आउने क्रम रोकिएको छैन तर मूल्य भने महँगो भएको छ, लागत नै महँगो भएकाले हो, कालीमाटी बजारमा आएर गडबढ भएको पाएका छैनौँ ।

समितिका अनुसार उपत्यकावासीको प्याजको शतप्रतिशत माग भारतले नै धानेको छ । समितिका कार्यकारी निर्देशक पौडेलले कालीमाटी बजारमा भित्रिने सबै प्याज भारतबाट आउने गरेको र स्थानीय प्याज कहिले पनि यस बजारमा आई नपुग्ने जानकारी दिए । भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरू देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: