Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोमानियामा नयाँ एनआरएनए एनसीसीको सबै पदमा निर्बिरोध चयन

रोमानिया । प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको छैटौ राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा १९ सदस्यीय नयाँ कार्य समिति २०१९-२०२१ गठन गर्यो।

गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री के सी, सहकोषाध्यक्ष सोम सापकोटा, यूरोपका संयोजक शिवकुमार बरुवाल, सह संयोजकद्वय एकराज गिरी र गोबिन्द प्रसाद गौतमले महाधिबेशनको सफलताको लागि हार्दिक शुभकामना पठाएका थिए।

राष्ट्रिय महाधिवेशनले आईसीसी सदस्य तथा संरक्षकमा एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई र अध्यक्षमा आलोक साहलाई दोस्रो पटक निर्बिरोध चयन गरेको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, रोमानिया २०१९-२०२१ को नामावली निम्नानुसार रहेको छ।

आईसीसी सदस्य तथा संरक्षकः-
नवराज पोखरेल

अध्यक्षः- आलोक साह
वरिष्ठ उपाध्यक्षः- जेनी गुरुङ
उपाध्यक्षः- ल्हाक्पा तेन्जी लामा शेर्पा
महासचिवः-  खगेन्द्र अधिकारी
सचिवः- खुमलाल भुसाल
कोषाध्यक्षः- गोमा थापा
सह-कोषाध्यक्षः- मेन्दा शेर्पा
युवा प्रतिनिधिः- प्रज्वल खड्का
महिला प्रतिनिधिः- शोभा मानन्धर

सदस्यः- डा. अमित रिजाल
सदस्यः- मैयाँ मोनि राई
सदस्यः- मुक्तिराज कोइराला
सदस्यः- फुर्सांग लामा
सदस्यः- कल्पना राई अधिकारी
सदस्यः- पवन नेपाली
सदस्यः- शुष्मा गुरुङ
सदस्यः- रीना बज्राचार्य
सदस्यः- पासाङ छोटी शेर्पा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: