Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इटालियन सिरी ए फुटबलः सासुओलो रोमासँग ४-२ गोल अन्तरले पराजित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले सासुओलोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । रोमाका लागि हेनरिक माखेरिटियन, बार्यन क्रिस्टान्टे, इडिन जेको र जस्टिन क्लुइवर्टले गोल गरे । सासुओलोका लागि भने बेरार्डीले दुई गोल गरे ।

रोमाले सहज जित हात पार्ने क्रममा पहिलो हाफमा नै चार गोल गरेको थियो । तर दोस्रो हाफमा भने दुई गोल खायो ।

१२ औं मिनेटमा क्रिस्टान्टे र १९ औं मिनेटमा जेकोले गोल गरेपछि रोमा २-० गोलले अघि थियो । खेलको २२ औं मिनेटमा माखेरिटियन र जस्टिनले ३३ औं मिनेटमा गोल गर्दै रोमालाई ४-० गोलको फराकिलो अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा सासुओलोले दुई गोल फर्काउन सफल भयो । खेलको ५३औं मिनेटमा बेरार्डीले गोल गर्दै ४-१ को स्थितिमा ल्याए । खेलको ७२ औं मिनेटमा उनले अर्को गोल थपेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: