Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सीपीएलः तेस्रो खेलमा पनि सन्दीपलाई सफलता, तर टिम पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत क्रिस गेल सम्मिलित जमैका तल्लावाहसविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्राईडेन्टस ४ विकेटले पराजित भएको छ । योसँगै बार्बाडोसले तीन खेलमा एकमा जीत र २ खेलमा हार बेहोरेको छ ।

यता जमैकाको भने जारी सीपीएलमा यो पहिलो जित हो । सन्दीपको टिमले दिएको १४१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको जमैकाले १८।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि कप्तान चाडविक वाल्टनले नटआउट ५१,क्रिस गेलले २२, ग्लेन फिलिप्सले २८ र जेवलिन ग्लेनले २७ रन बनाए । बलिङमा बार्बाडोसका लागि कप्तान जोसन होल्डर र हेडन वाल्शले २–२ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडनसहित ३५ रन दिएर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । उसका लागि एश्ले नर्शले सर्बाधिक ३७, जेपी ड्युमिनीले ३१, जोसन चार्लश र एलेक्स हक्सले १२–१२ रन बनाए । सन्दीप ८ बलमा १ चौका सन्दीप १० रनमा अविजित रहे । बलिङमा जमैकाका जाहिर खानले ३, जर्ज वोक्र र रमाल लुईसले २–२ विकेट हात पारे । सन्दीपआवद्ध बार्बाडोसले आफ्नो तेस्रो खेल २१ सेप्टेम्बरमा सेन्ट लुसियाविरुद्ध खेल्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: