Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रिहा भए ज्ञानेन्द्र शाही !

काठमाडौंः आइतबार पत्रकार सम्मेलनबाटै प्रहरीले पक्राउ गरेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । उनलाई सोमबार बिहान छोडिएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरेको थियो ।

शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानभित्र उनले पर्यटन मन्त्रीलाई विमान होल्ड गराएकोमा जवाफ मागेको भिडियो सार्वजनिक भएको थियो । भट्टराईका कारण विमान ढिला उडेको भन्दै शाहीले जहाज भित्रै मन्त्रीविरुद्ध दुर्व्यवहार गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: