Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एसेज टेस्ट सिरिज: अस्ट्रेलिया निराश, इङल्याण्डले दोहोर्यायो ४७ वर्ष पुरानो इतिहास

इङ्ल्याण्डले अस्ट्रेलियालाई एसेज सिरिज अन्तर्गतको टेस्टको न्तिम दिनमा १३५ रनले हराएपछि इङ्ल्याण्डको भूमिमा १८ वर्ष पछि एसेज सिरिज जित्ने अस्ट्रेलियाको सपना पुरा नहुने भएको छ।

स्टुअर्ट ब्रड (४/६२) र स्पिनर ज्याक लीच (४/४९) को शानदार प्रदर्शनले अस्ट्रेलियालाई घुंडा टेक्न बाध्य पारेको हो। यसका साथै इङ्ल्याण्डले एसेज सिरिजमा ४७ वर्ष पुरानो इतिहास दोहोर्याएको छ। दुवै देशबीच १९७२ यता पहिलो पल्ट २-२ ले सिरिज बराबरीमा टुंगिएको हो।

लण्डनस्थित ‘द ओभल’ मैदानमा खेलिएको पाँचौं र अन्तिम टेस्टको पाँचौं दिन अस्ट्रेलियाले ३९९ रनको लक्ष पछ्याउँदै गर्दा सबै विकेट गुमाएर हार्न पुगेको हो। यसमा म्याथ्यु भेडले ११७ रन बनाएर अस्ट्रेलियाको पारीलाई सम्हाल्न खोजे पनि पाहुना टोली ७७ ओभरमा २६३ रनमै धराशायी हुन पुग्यो।

यसका साथै पाँच खेलहरूको शृंखला २-२ को बराबरीमा टुंगिएको छ।

लक्ष पछ्याउन मैदानमा उत्रिएको पाहुना टोलीलाई तीव्र गतिका बलर स्टुअर्ट ब्रडले सुरुमै ह्यारिसलाई ९ रनमा र वार्नरलाई ११ रनमै प्याभेलियन फर्काएपछि कमजोर बने पछि आशा गरिएका स्टिभ स्मिथलाई पनि ब्रडले नै २३ रनमा फिर्ता पठाएपछि अस्ट्रेलियाको पारी सम्हालिन सकेन।

उनले नै कमिन्सलाई ९ रनमा आउट गरे। त्यस पछि ज्याक लीचले लाबुसेनलाई १४ रनमा, कप्तान टीम पेनलाई २१ मा, नाथन लियोनलाई १ रनमा र हेजलवुडलाई शून्यको स्कोरमा आउट गरे। त्यसका अतिरिक्त कप्तान जो रुटले पनि दुई विकेट लिए।

यस अघि घरेलु टोली चौथो दिनको खेलमा ३२९ रनमा अलआउट भैसकेको थियो। चौथो दिन ८ विकेटको क्षतिमा ३१३ भन्दा अगाडि खेल्न थालेको इङ्ल्याण्ड धेरै बेर क्रिजमा टिक्न सकेन। जोफ्रा आर्चरलाई ३ रनमै आउट भए। उनलाई कप्तान तथा विकेटकिपर टिम पेनले प्याट कमिन्सको बलमा क्याच गरे।

आर्चरलाई फिल्ड अम्पायरले आउट दिएका थिएनन तर पेनले अपील गरेपाही उनले फैसला बदलिएका थिए। त्यस पछि ज्याक लीचलाई अफ स्पिनर नाथन लायनले आउट गरे। उनलाई हेजलवुड ले क्याच गरे। उनको व्यक्तिगत स्कोर ९ रन मात्र थियो।

यसरी इङ्ल्याण्डको पारी ३२९ मा सीमित हुँदा स्टुअर्ट ब्रड ९ रन बनाएर नट आउट थिए। दोस्रो पारीमा अस्ट्रेलियाको तर्फबाट लायनले सर्वाधिक ४ विकेट लिए भने कमिन्स, पिटर सिडल र मार्शलाई २-२ सफलता हात लाग्यो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: