पाकिस्तान: हिन्दू प्रधानाध्यापक ‘ईशनिन्दा’को आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जाल मा यस्तो प्रतिक्रिया

इस्लामाबाद, पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत घोट्की जिल्लामा एक हिन्दू प्रधानाध्यापकमाथि ईशनिन्दाको आरोप लागेपछि त्यहाँका हिन्दू मन्दिरहरूमा तोडफोड भएको छ।
घोट्की शहरस्थित एउटा संस्थागत विद्यालय सिन्ध पब्लिक स्कुलका प्रधानाध्यापक नोटल मलविरुद्ध त्यसै विद्यालयका एक छात्रका पिता अब्दुल अजीज राजपूतले ईशनिन्दा गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्।

उक्त घटनापछि त्यहाँ जम्मा भएको भीडले विद्यालय र हिन्दू मन्दिरहरूमा तोडफोड सुरु गरेको छ। हिँसा बढ्ने देखेर स्थानीय प्रहरी प्रशासनले प्रधानाध्यापकलाई पक्राउ गरेको छ। विद्यालय र मन्दिरमा तोडफोडका दृश्य सामाजिक संजालमा भाइरल बनेका छन्।

सत्ताधारी पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई)का नेता रमेश कुमार वंकवानीले हैदराबादक प्रहरी नायब महानिरीक्षक नईम शेख यस मामिलामा आफैं जांच गर्दैछन्।
सिन्ध प्रान्तका मुख्यमन्त्रीका सहायक तथा कानुनी सल्लाहकार वीरजी कोलहीले केही ठाउँमा छिटपुट हिंसात्मक घटनाबारे सुनिएको भए पनि स्थिति नियन्त्रणमा रहेको बताएका छन्।

याे पनि पढ्नुस  हिमपहिरोमा परी ५ को मृत्यु, ७ घाइते

के हो ईशनिन्दा कानुन?

अंग्रेजीमा ब्लास्फेमी भनिने ईशनिन्दा कानुनमा यदि कसैले पैगम्बर मोहम्मदको विरुद्ध बोलेको खण्डमा त्यस्ता व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने प्रावधान यस कानुनमा रहेको छ।

भारत र पाकिस्तान बेलायती साम्राज्यको अधीनमा रहेका बेला १९ औं शताब्दीमा यस किसिमको कानुन बनाइएको थियो तर पछि यसको दुरुपयोग  हुन थालेपछि र यी दुई देश स्वतन्त्र भएपछि यस कानुनलाई निस्प्रभावी बनाइएको थियो।

तर १९८० को दशकमा जनरल जिया उल हक सत्तामा आएपछि यस कानुनलाई फेरी ब्युँताइयो। पाकिस्तानमा चार प्रतिशत जनसंख्या इसाई धर्मावलम्बीहरूको रहेको छ। उनीहरूले यस कानुनले अल्पसंख्यकहरूलाई सधैं निसानामा राखेको आरोप लगाउँदै आएका छन्।

सामाजिक सतञ्जालमा चासाे

पाकिस्तानमा सामाजिक संजालमा यस पाली #घोट्की, #ब्लास्फेमी र #नो एक्स्ट्रिमिज्म ट्रेण्ड गरिरहेका छन्। धेरैले मन्दिरहरू तोडफोड हुनु र शिक्षकमाथि यस्तो आरोप लाग्नु दुखद भएको बताएका छन्।

याे पनि पढ्नुस  पाकिस्तानमा फेरि थपियो लकडाउन

सलमान दुरानी नाम गरेका एक जनाले ट्वीट गरेका छन्, “सिन्ध प्रान्तको घोट्की मा केही मुस्लिम अतिवादीहरूले हिन्दू समुदायका मानिसहरूको उत्पीडन गरेको समाचार सुनेर मलार्इ निकै लाज लागेको छ। हामी भारतमा अल्पसंख्यकहरूमाथि आक्रमण भएको त भन्छौं तर हामी कहाँ के भैरहेछ त्यो हेर्न बिर्सिन्छौँ। ”

त्यस्तै फहद हुसैन काजीले लेखेका छन्, ”मेरो जिल्ला घोट्कीमा ककसले इस्लामको प्रयोग आफ्नो फाइदाको लागि गर्दैछन् त्यो सबैलाई थाहा छ। सरकारले तिनीहरूविरुद्ध कदम उठाओस। ”

पत्रकार अली हसनका अनुसार शनिवार नौ कक्षाका एक विद्यार्थीले आफ्ना हिन्दू शिक्षकले पढाउने क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै आफ्ना पितालाई गुनासो सुनाएका थिए।

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

त्यसपछि ती छात्रका पिताले ईशनिन्दा कानुनको धारा २९५ सी अन्तर्गत मुद्दा दायर गरेको र उनलाई आइतबार गिरफ्तार गरिएको बताइन्छ।

घोटकी शहरमा करिब ३० प्रतिशत जनसंख्या हिन्दूहरूको रहेको छ र पुरै जिल्लाभरि २० देखि २५ प्रतिशत हिन्दू रहेका छन्।

कस्ताे छ सजायकाे प्रावधान?

यस कानुन अनुसार ईशनिन्दाका दोषीलाई मृत्युदण्ड या आजीवन कारावास र ठुलो धनराशी जरिवानाको सजाय हुने प्रावधान रहेको छ।

यस अघि २०१० मा आसिया बीबी नाम गरेकी एक इसाई महिलाविरुद्ध पनि यसै कानुन अन्तर्गत मुद्दा चलाएर मृत्युदण्डको सजाय सुनाइएको थियो। नोभेअर २०१८ मा त्यहाँको सर्वोच्च अदालतले उनलाई निर्दोष रहेको फैसला सुनाए पछि त्यस निर्णयविरुद्ध पाकिस्तानभरि प्रदर्शन भएका थिए। त्यसपछि आसिया परिवार सहित क्यानाडा विस्थापित भएकी थिइन्।

कमेन्ट गर्नुहोस्