अब पुनः श्रम स्वीकृतिका लागि स्वास्थ्य परीक्षण नचाहिने

काठमाडौँ, दुई वर्षको करार अवधि सकेर बिदामा आएका कामदारल पुरानै ठाउँमा काम गर्ने अवस्था भएमा पुनः श्रम स्वीकृतिका लागि स्वास्थ्य परीक्षण गर्न नपर्ने भएको छ ।

यसअघि बिमा नियमनकारी निकाय बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेखको लागि कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने निर्णय गरेको थियो। तर अहिलेका लागि भने यो निर्णय स्थगित गरिएको विभागले जनाएको छ ।

याे पनि पढ्नुस  श्रममन्त्रीको ९० दिने कार्ययोजनाः विदेशबाट श्रम स्वीकृति, एक लाख सामाजिक सुरक्षामा

‘हामीले बिमा समितिलाई विभागसँगको छलफल नगरी यो प्रावधान लागू नगर्न अनुरोध गरिसक्यौं,’ महानिर्देशक भुसालले भने,‘विभागको अनुरोध अनुसार यो निर्णय स्थगित भएको छ।’ भुसालको भनाई कान्तिपुरले उल्लेख्य गरेको छ ।

सूर्य लाइफ इन्सुरेन्स, नेशनल लाइफ इन्सुरेन्स, युनियन लाइफ र रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आइतबार बिमा गर्न पुगेका कामदारसँग मेडिकल रिपोर्ट मागेको थियो। रिपोर्ट नभएपछि पुनः श्रमस्वीकृति लिनका लागि वैदेशिक रोजगार कार्यालयमा पुगेका कामदारहरु फर्किएका थिए।

याे पनि पढ्नुस  श्रम स्वीकृतिका लागि पुनः ई–टोकन सुरु

भुसालले बिमा गर्ने बेलामा मेडिकलको रिपोर्ट माग्ने कार्य स्थगित भइसकेको बताए। वैदेशिक रोजगार ऐन र नियमावलीले पुनः श्रमस्वीकृतिमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान उल्लेख गरेको छैन।

दुई वर्षे पुनःश्रमस्वीकृतिमा जाने कामदारले एक वर्षको थप बिमा गर्नुपर्ने प्रावधान छ। पुनः श्रमस्वीकृति अवधी भने दुई वर्षको मात्रै हुन्छ।

विभिन्न उमेर समूहका कामदारको बिमा शुल्क फरक छ। १८ देखि ३५ वर्ष उमेर समूह कामदारले ३९ सय २४ रुपैयाँ, ३६ देखि ५० वर्षकाले ५ हजार ३ सय ३० र ५१ देखि ६४ वर्षकाले ९ हजार ९ सय ७० रुपैयाँ बिामा शुल्क बुझाउनुपर्छ।

याे पनि पढ्नुस  काठमाडौं नआई ६७ हजार युवाले पाए श्रम स्वीकृति

स्वास्थ्य परीक्षणका लागि कतार र युएईको ४५ सय, साउदी, बहराइन र कुवेतको ७ हजार ५ सय रुपैयाँ र मलेसियाको ७ हजार रुपैयाँ तोकिएको छ।

कमेन्ट गर्नुहोस्