Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस दिने

काठमाडौं, भदौ ३० । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कोषको सोमबार काठमाडौंमा सम्पन्न २४औं वाषिक साधारणसभाले २०७४/०७५ को नाफा र आर्थिक वर्ष ०७३/०७४ को बाँडफाँट गर्न बाँकी रकमबाट आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

कोष सन्चालक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र भट्टराईले आव २०७४/७५ को प्रतिवेदन प्रस्तुत गर्दै आमनागरिकलाई समेट्ने गरी नयाँ बचत कार्यक्रम ल्याउन कोष क्रियाशील रहेको बताए ।

लगानी नीति २०७५ ले कोषको लगानीलाई पारदर्शी र प्रतिफलमूखी बनाएकोसमेत उनले दाबी गरे ।

सेयरधनीहरुले भने कोष कोष व्यवस्थापनमा चुक्दै गएको भन्दै सुधारका लागि ध्यानाकर्षण गराएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: