भिरबाट लडेर बैतडीमा किशोरीको मृत्यु

बैतडी । घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहरा छन्।

सोमबार स्थानीय छोटेधार थाँचर भिरबाट लडेर उनको मृत्यु भएको सिगास गाउँपालिका-८ का वडाअध्यक्ष कर्ण बहादुर ऐरले जानकारी दिए।

याे पनि पढ्नुस  बैतडीको सुर्नयाबाट काँग्रेसले खोल्यो जितको खाता

मृतक किशोरी शिबलिङ आधारभूत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।

कमेन्ट गर्नुहोस्