Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–२० सिरिजः स्कटल्याण्डले रच्यो इतिहास, नेदरल्याण्ड्लाई दियो २५३ रनको लक्ष्य

काठमाडौंः त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याड्सलाई २५३ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २५२ रन बनायो । टि–२० मा यो छैटौं उच्च लक्ष्य हो ।

स्टकटल्याण्डलाई विशाल लक्ष्यमा पुर्याउन जर्ज मुन्से र काइल कोएट्जेरले ऐतिहासिक प्रदर्शन गरे ।

उनी दुवैले पहिलो विकेटका लागि २०१ रनको साझेदारी गरे । स्टकटल्याण्डका लागि टि–२० मा बनाएको याे उच्च साझेदारी हो ।

समग्र टि–२० क्रिकेटको तेस्रो ठूलो साझेदारी हो । टि–२० मा सर्बाधिक ठूलो साझेदारी अफगानिस्तानका हजरतुल्लाह जजाईँ र उश्मान घानीको नाममा छ ।

नेदरल्याण्ड्विरुद्ध आज जर्ज मुन्सेले १४ छक्का र ५ चौकाको सहयोगमा ५६ बलमा नटआउट १२७ रन बनाए । टि–२० क्रिकेटमा उनको यो उच्च स्कोर हो ।

यस्तै, कप्तान काइलले ५ छक्का र ११ चौकाको मद्दतमा ५० बलमा ८९ रन बनाए । टि–२० मा उनको यो उच्च स्कोर हो ।

यसअघि उनको उच्च स्कोर ७१ थियो । काइलले नेपालको एभरेष्ट प्रिमियर लिगसमेत खेलि सकेका छन् ।

स्कटल्याण्डलाई विशाल लक्ष्यमा पुर्याउन रिचि बेरिङटनले २२ रनको योगदान दिए ।

बलिङमा नेदरल्याण्ड्सका शेन साण्टनरले ४ ओभरमा ४२ रन दिएर ३ विकेट लिए । यी दुई टिमबीचको खेल आयरल्याण्डको डब्लिनमा भइरहेको छ ।

स्कटल्याण्ड–नेदरल्याण्डसँगै सिरिजमा आयरल्याण्ड पनि खेलिरहेको छ ।

सिरिजको पहिलो खेल वर्षाका कारण नेदरल्याण्डस र आयरल्याण्डले अंक बाँडेका थिए ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: