Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१२ प्रकारका हुन्छन् श्राद्ध, अलग अलग समय र कार्यका लागि गरिन्छ पिण्डदान

एभरेष्ट डेस्कः हिन्दु धर्ममा पितृहरुलाई पिण्डदान गर्ने परम्परा अर्थात् श्राद्धको विशेष महत्व छ ।

हामीले सामान्तः एउटै प्रकारको श्राद्धका बारेमा थाहा पाएका हुन्छौं । त्यो हो पितृ पक्षका लागि गरिने श्राद्ध, मांगलिक कार् अघि गरिने श्राद्ध या कुण्डलिमा पितृदोष हटाउन गरिने श्राद्ध ।

तर हिन्दुहरुको पवित्र ग्रन्थ निर्णय सिन्धुमा १२ प्कारका श्राद्धहरुको वर्णन गरिएको छ ।

के के हुन त ?

नित्य श्राद्धस्
कुनैपनि व्यक्तिले अन्न, जल, कुश, पुयुष्प र फलबाट प्रतिदिन श्राद्ध गरेर आफ्ना पितृलाई प्रसन्न गर्नसक्छन् ।

नैमित्तक श्राद्ब
यो श्राद्ध विशेष अवसरमा गरिन्छ । जस्तो कि पिता आदिको मृत्यु तिथिको दिन यिलाई एकोदिष्ट भनिन्छ । यसमा विश्वदेवको पुजागरिन्न । यिमा खाली एक पिण्डदान दिईन्छ ।

काम्य श्राद्ध

कुनै कामना विशेषका लागि यो श्राद्ध गरिन्छ । जस्तोः पुत्र, धनादी आखि प्राप्तिका लागि ।

वृद्धि श्राद्ध

यो श्राद्ध सौभाग्य वृद्धिका लागि गरिन्छ । ।

सपिण्डन श्राद्ध

मृत व्यक्तिको १२ औं दिन पितृहरुलाइ मिलनका लागि यो गरिन्छ । यसलाई महिलाहरुले पनि गर्न सक्छन् ।

पार्वण श्राद्ध

पिता, बाजेबज्यै, सपत्नीक र बज्यै आदिका लागि यो गरिन्छ । यिमा दुई विश्वदेवको पुजा हुन्छ ।

गोष्ठी श्राद्ध

यो परिवारका सबै मानिसहरु एक ठाउँ जमा भएको बेला गरिन्छ ।

कर्माङ्ग श्राद्ध

यो कुनै संस्कारको अवसरमा गरिन्छ ।

शुद्धयर्थ श्राद्ध

यो श्राद्ध परिवारको शेद्धताका लागि गरिन्छ ।

तीर्थ श्राद्ध

यो श्राद्ध तीर्थ जाँदा गरिन्छ ।

यात्रार्थ श्राद्ध

यो श्राद्ध यात्राको सफलताका लागि गरिन्छ ।

पुष्टयर्थ श्राद्ध

शरीरको स्वास्थ्य र सुख समृद्धिका लागित्रयोदश तिथि, मघा नक्षत्र, वर्षा ऋतु र आश्विन महिनाको कृष्ण पक्षमन यो श्राद्ध उत्तम मानिन्छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: