Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अडिसन नहुने भएपछि सुदूरपश्चिमका कलाकार आक्रोशित, बहिष्कार गर्ने चेतावनी

काठमाडौंः नेपाल आइडल सिजन–३ को अडिसन सुदूरपश्चिममा नराखेको भन्दै त्यहाँका कलाकार तथा सङ्गीतप्रमी आक्रोशित भएका छन् । उनीहरुले नेपाल आइडल बहिष्कार गर्नेसमेत चेतावनी दिएका छन् ।

कसले के भने ?
नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले यो सिजनमा सुदूरपश्चिममा अडिसन नहुनु दुःखत रहेको बताए । उनले सुदूरपश्चिममा अडिसन गर्न भन्दै पटक–पटक आयोजकसँग आग्रह गरेको बताए ।

उनले भने, ‘सुरुमा महेन्द्रनगरमा अडिसन हुने कुरा सुनेको थिँए । पछि नहुने कुरा सुनेपछि आफैं गएर आयोजकसँग पटक–पटक कुरा राखेको छु ।’ अडिसनका लागि तयारी गरेकाहरुलाई नेपालगञ्जमा आएर भए पनि अडिसनमा सहभागी हुन ओडले आग्रह गरे । त्यसका लागि आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

लोक देउडा गायक पवन भण्डारीले नेपाल आइडलले सुदूरपश्चिमलाई बहिष्कार गरेकाले सुदूरपश्चिमवासीले पनि आइडललाई बहिष्कार गर्ने बताए । ‘नेपाल आइडलले सुदूरपश्चिमलाई बहिष्कार गर्छ भने हामीले पनि नेपाल आइडललाई बहिष्कार गछौं,’ उनले भने ।

‘नेपाल आइडलले पहिलेदेखि नै सुदूरपश्चिमलाई हेपेको छ । पहिलो सिजनमा पनि हेप्यो, अहिले पनि हेप्यो,’ आक्रोशित हुँदै भण्डारीले भने, ‘यहाँ पनि अन्य ठाउँ जस्तै कलाकार छन् । अडिसन नहुनु हलाकार, नवप्रतिभा लगायत सुदूरपश्चिमका लागि दुःखत हो ।’

धनगढीका स्थानीय शंकर भट्टले सुदूरपश्चिममा अडिसन नभएपछि आइडलको विरोध गर्ने बताए । उनले भने, ‘यहाँ अडिसन नहुँदा धेरै प्रतिभाहरुले प्रतिभा देखाउने अवसर पाएनन् । हामी नेपाल आइडलको विरोध गर्दै बहिष्कार गर्छौं ।’

नेपाल आइडल सिजन–३ को अडिसन मंगलबार देखि सुरु हुँदैछ । आयोजकका अनुसार यसपटक काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज र विर्तामोड गरी ६ स्थानमा मात्रै अडिसन हुनेछ । तर, गत वर्ष नेपाल आइडल सिजन–२ को विजेता शहर धनगढीमा भने यसपटक अडिसन नहुने आयोजकले जनाएको छ ।

नेपाल आइडलको पहिलो सिजनमा पनि सुदूरपश्चिममा अडिसन भएको थिएन । तर, काठमाडौंबाटै अडिसन दिएर सुदूरपश्चिमकी सध्या जोशी टप–९ सम्म पुगेकी थिइन् । अन्य थुप्रै नवप्रतिभाहरूले काठमाडौंलगायत अन्य ठाउँबाट अडिसन दिनुपर्ने बाध्यता थियो ।

दोस्रो सिजनमा पहिलो पटक धनगढीमा अडिसन हुँदा धनगढीबाट सहभागी कञ्चनपुरका रवि वड विजेता बनेका थिए । रविसँगै धनगढीबाट रवि शर्मा, रमेश अर्याललगायत नवप्रतिभाले सहभागी जनाएका थिए । यसपटक सुदूरपश्चिममा अडिसन नहुने भएपछि धेरै नयाँ प्रतिभा अडिसन दिनबाट बञ्चित हुने भएका छन् ।

यो पनि पढ्नुस्:

सुदूरपश्चिमममा नेपाल आइडल–३ को अडिसन नहुने, चौतर्फी आलोचना

कमेन्ट गर्नुहोस्

%d bloggers like this: