साफ यू–१८ च्याम्पियनसिपः नेपाली टिमको घोषणा, को–कोले पाए मौका?

काठमाडौं । साफ यू–१८ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ ।

नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा परेका ३० खेलाडीबाट छान्दै २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्।

प्रतियोगिता आगामी शुक्रबारबाट हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुँदैछ।

साविक विजेता नेपालले शुक्रबार हुने उद्‌घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल र माल्दिभ्ससहित भुटान पनि छ। नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ।

यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनल खेल असोज १२ गते हुनेछ।

नेपाली टिम
गोलकिपरः विशाल सुनार, सूर्य अधिकारी, पुजन होडा
डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जन महर्जन
मिडफिल्डरः शिशिर लेखी, रोशन रानामगर, आकास बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा
फरवार्डः ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

कमेन्ट गर्नुहोस्