Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यूरोपको सबैभन्दा ठूलो च्याम्पियन्स लिग आजदेखि, शीर्ष टीमलाई १० अर्ब पुरस्कार

एभरेष्ट डेस्कः यूरोपको सबैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता च्याम्पियन्स लिगको आज शुरुआत भइरहेको छ । फुटबलको संसारमा यो निकै ठूलो खेल मानिन्छ ।

६४ वर्ष पुरानो यो टुर्नामेन्टमा ३२ वटा देशले भाग लिनेछन् । च्याम्पियन बन्ने टीमलाई करिब १० अर्ब रकम अर्थात् ८० मिलियन यूरो जित्नेछन् ।

यो फुटबल वल्र्ड कप जित्ने फ्रान्सको टीमको पुरस्कार राशीभन्दा करिब १४३ प्रतिशत बढी रकम हो । फ्रान्सलाई गत वर्ष फाइनल जित्दा करिब ४०० करोड रुपैयाँ पुरस्कार पाइएको थियो । यसपटक फाइनलको खेल इस्तानबुलको अतार्तुक स्टेडियममा ३० मई २०२० का दिन खेलिनेछ ।

Breakdown of prize money for 2019/20 Champions League

Reaching the group stages: 15 million euros

Reaching the round of 16: 9.5 million euros

Reaching the quarter-finals: 10.5 million euros

Reaching the semi-finals: 12 million euros

Reaching the final: 15 million euros

Winning the final: 4 million euros

अहिलेसम्म सबैभन्दा स्पेनको क्लबले यो टुर्नामेन्ट जितेको छ । स्पेनिश क्लब १८ पटक जितेको छ भने ११ पटक फाइनल हारेको छ । यसैगरी दोश्रो स्थान इंग्ल्याण्डको छ । उसले ९ पटक हार र १३ पटक टुर्नामेन्टमा जीत हासिल गरेको छ । तेश्रोमा इटालीको क्लब छ । यसले १६ हारमा १२ पटक च्याम्पियनसीप जितेको छ ।

टुर्नामेन्टको अलटाइम टप स्कोर क्रिस्टियानो रोनाल्डोले जम्मा १६२ खेलमा १२६ गोल गरेका छन् । यसमा १०५ गोल रियल म्याड्रिडका लागि मात्रै गरेका छन् । बाँकी १५ गोल युनाईटेड र ६ गोल युभेन्टसका लागि गरेका छन् । दोश्रो स्थानमा लियोनल मेसीको छ । उनले १३५ खेलमा ११२ गोल हानेका छन् ।

रोनाल्डो ५ पटक च्याम्पियन्स लिग जित्ने टीमका सदस्य रहेका छन् । यो रेकर्डमा उनी दोश्रो स्थानमा छन् । पहिलो स्थानमा सबैभन्दा च्याम्पियन्स लिग स्पेनका पाको जेन्टोको नाम छ । उनले ६ पटक जितेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: