Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वविद्यालयका छात्रहरुले युवती जिस्क्याएपछि हिंश्रक झडप, २० राउण्ड फायरिङ, एकको मृत्यु

पटना, बाटोमा हिँडिरहेका युवतीलाई जिस्क्याएको बिरोध गरेपछि भएको विवादले हिंश्रक रुप लिएको छ ।

घटनाले ठूलो रुप लिँदा एकजना स्थानीय व्यक्तिको मृत्यु भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, सोमबार राती पटना विश्वविद्यालयका केह िछात्रहरुले बाटोमा हिंडिरहेका महिलालाई दुव्र्यवहार गर्दै जिस्क्याएको देखेपछि स्थानीयले प्रतिवाद गरेका थिए ।

अशोक राजपथ क्षेत्रमा भएको यो घटनामा स्थानीयको प्रतिवादसँगै छात्रहरुले गोली प्रहार गरेका थिए । स्थानीयवासीले ढुंगामुढा गर्न थालेपछि क्याम्पसाक छात्रहरुले २० राउण्ड गोली प्रहार गरेका थिए । यसैक्रममा एकजना ५० वर्षीय व्यक्तिको मृत्यु भएको हो । स्थानीयले गोली लागेर मृत्यु भएको बताएपनि प्रहरीले भने ढुंगा लागेर निधन भएको बताएको छ ।

ती व्यक्तिको मृत्युको खबर फैलिएपछि स्थानीय मानिसहरु निकै आक्रोशित भएका थिए । त्यसपछि सैयौं मानिसहरु सडकमा जम्मा भएर अशोक राजपथ जाम गरे । भीड यति उग्र थियो कि प्रहरी समेत पछाडि हटेको समाचारमा उल्लेख छ । स्थानीय वासीले प्रहरीले दुव्र्यवहार गर्ने छात्रहरुमाथि कार्वाही नगरेकोमा आक्रोश व्यक्त गरेका थिए ।

स्थानीय पसलेहरुका अनुसार मिन्टोका केह िछात्र रातमा घुम्ने क्रममा बाटोमा आइरहेका युवतीहरुलाई जिस्क्याइरहेका थिए । केहीले दुव्र्यवहार नै गरेका थिए । लालबागका केही युवाले यसको बिरोध गरेपछि क्याम्पसका छात्रहरुले पिटाई गरेपछि अवस्था तनावग्रस्त भएको थियो ।

त्यो बेला होस्टेल फर्केका छात्रहरु केही समयपछि भने धेरै विद्यार्थीको झुण्डसहित आएर स्थानीयमाथि आक्रमण गर्न शुरु गरेका थिए । पछि प्रहरीले होष्टेलमा छापा मार्दा उनीहरु भागेको बताइन्छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: