काबुल, अफगानिस्तानको परवहन शहरमा ठूलो घटना घटेको छ । अफगानिस्तानको परवन शहरमा राष्ट्रपति अशरफ गनीको सभाको कार्यक्रमको बेला भएको आत्मघाती हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । घटनामा १० बढी घाइते भएका छन् ।
राष्ट्रपतिको चुनाव अभियानका प्रवक्ता हामिद अजीजका अनुसार, घटनाको बेला राष्ट्रपति घटनास्थलमा नै रहेका थिए । तर उनी सुरक्षित रहेका छन् ।
घाइतेहरुलाई अस्पताल लगिएको छ ।
प्रान्तीय सरकारका प्रवक्ता वाहिदा शाहकरका अनुसार, राष्ट्रपतिको र्याली चलिरहेको बेला रैली रहेको स्थानको गेटमा विष्फोट भएको थियो ।
्अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले हमलाको जिम्मेवारी लिएका छैनन् ।
यसैगरी आज मंगलबार नै पीडी शहरमा पनि अमेरिकी दुतावास नजिक विष्फोट भएको छ ।
तस्वीरः अलजजिराबाट