काठमाडौंः दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जनाएको छ ।
सर्वसाधारणलाई असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो सातादेखि नयाँ नोट वितरण गर्नेछ ।
राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्नेछ । १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना राष्ट्र बैंकको योजना छ ।