थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार ४ जिल्लाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले आज नुवाकोट, रसुवा, बागलुङ र म्याग्दि जिल्लाको नतिजा प्रकाशित गरेको हो ।

बागलुङ जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस्
म्याग्दी जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस्
नुवाकोट जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस्
रसुवा जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  निमावि तहः हेर्नुस् आज कुन–कुन विषयको नतिजा सार्वजनिक (नामसहित)

आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो ।

आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो ।

याे पनि पढ्नुस  शिक्षक बन्न अब विषयगत परीक्षा

आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो।

ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्