Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कालीकोटमा बस दुर्घटनाः एकको मृत्यु, ५ जना घाइते

जुम्लाः जुम्लाको सिन्जाबाट सदरमुकाम खलाङ्गा बजार जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा जुम्लाको सिन्जा गाउँपालिकाका नन्द बहादुर शाही रहेका छन् ।

जुम्ला र कालीकोटको सीमाना नजिक पर्ने कालीकोटको तिलगुफा भन्ने ठाँउमा ना ३ ख ७६६४ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी सोही बसमा सवार मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३ झ्यारि गाउँकी जुनमति रावत सोही गाउँ बस्ने लालदेवि रावल, जुम्ला जिल्ला चन्दनाथ नगरपालिकाका छाया उपाध्याय, गर्भ कन्य उपाध्याय र अछाम ढकेरी गाँउपालिकाका ३५ बषीय डिल्ली भुल घाइते भएकाछन् ।

घाईतेहरुको कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा उपचार भई रहेको जुम्ला जिल्लाका प्रहरी प्रमुख ९डिएसपी० लालबहादुर धामीले जानकारी दिएका छन् । घटनास्थलमा सञ्चारको पहुँच नभएको हुँदा अन्य थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्लाबाट प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे र प्रहरी इन्सपेक्टर सहितको टोली घटनास्थलतिर गहिरहेको डिएसपी धामीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: