किशोरी बलात्कार आरोपमा दाजुभाई पक्राउ

विराटनगरः किशोरीलाई बलात्कार गरेको आरोपमा झापाको दमकबाट दाजुभाइ पक्राउ परेका छन् । स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सोमबार राति ११ बजे जंगलमा लगेर युवकले बलात्कार गरेका थिए। घटनापछि गुहार माग्दै पीडितकै घर पुगेकी उनलाई ती युवकका दाजुले समेत बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  उपराष्ट्रपतिकी श्रीमती पक्राउ !

घटनाबारे पीडितका आफन्तले उजुरी गरेपछि खोजीका क्रममा दुवैलाई पक्राउ गरिएको थियो। प्रहरीले पीडक युवकहरुको नाम सार्वजनिक गरेको छैन।

उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्