Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

च्याम्पियन्स लिगः पहिलो खेलमै डर्टमुण्डले पेनाल्टी मिस गर्दा बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी । यस सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको छ । यसै खेलबाट बार्सिलोनाका कप्तान मेसी यस सिजनका लागि पहिलो पटक टोलीमा समभागी भएका थिए ।

बोरुसियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने थुप्रै अवसर बनाए पनि सदुपयोग गर्न सकेन् । बोरुसियाले पेनाल्टीको अवसर पाउँदा पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।

मेसी चोटका कारण बार्सिलोनाले ला लिगाका ४ खेल खेल्दासमेत टोलीमा सहभागी भएका थिएनन् । ला लिगामा राम्रो प्रदर्शन गरेका १६ वर्षीय अन्सु फातीले पनि च्याम्पियन्स लिगमा डेब्यू गर्ने अवसर पाए। ५९औं मिनेटमा फाती बाहिरिएपछि मेसी मैदानमा छिरेका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: