Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छविविरुद्ध उजुरी हालेकी अभिनेत्री शिल्पा पोखरेल बारे आयो फेरि यस्तो अचम्मको खबर

काठमाडौं । आफ्नै श्रीमान् छविविरुद्ध उजुरी गर्न प्रहरीमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल प्रहरीले खोजी गरेपछि पुनः छविसँगै बस्न थालेकी छिन् । उनीहरु दुवै जनासँगै बस्न थालेका छन् । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी रहेको थियो । शिल्पाले छविबाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिए पछि विभिन्न किसिमका टिका टिप्पणीसँगै उनीहरुले ठूलै चर्चा कमाएका थिए ।

अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि छविले शिल्पासँग विवाह गरेका थिए । २०७३ देखि वैवाहिक सम्बन्धमा बाधिएका शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुको विवाह दर्ता २०७५ साल पुष ११ गते भएको हो । छविले शिल्पालाई चलचित्र “लज्जा” बाट डेब्यू गराएका हुन् ।

निर्माता छवि ओझाकी पहिलो पत्नी हेमा ओझा, दोस्रो अभिनेत्री गीताञ्जली सुनुवार, तेस्रो अभिनेत्री रेखा थापा र चौथो अभिनेत्री शिल्पा पोखरेल हुन् । विवाह गरेको केही समयपछि गीताञ्जलीले आत्महत्या गरेकी थिइन् । छविकी पहिलो पत्नीबाट दुई छोरा राजीव र महेश, दोस्रोबाट एक छोरा साकार छन् । साकार फिल्म क्षेत्रमै सक्रिय छन् । अभिनेत्री रेखा र शिल्पाबाट कुनै सन्तान भएको छैन । छविकी पहिलो पत्नीले शिल्पा र छवि दुवैलाई बहुविवाहको उजुरी दिएकी थिइन् । यो खबर रिपोर्टर्स नेपालबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: