Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजको दोश्रो खेल आज हुँदै, सबैको आँखा ऋषभ पन्तमाथि

खेल डेस्क । भारत र दक्षिण अफ्रीकाबीच टी-२० सिरिजको दोश्रो खेल आज मोहालीमा खेलिँदैछ । यसअघिको खेल टस पनि नभइकन रद्द भएको थियो ।

भारतीय क्रिकेट टीमले टी–२० मा विगत एक वर्षयता राम्रो प्रदर्शन गरेको छ । यो अवधिमा टीमले जम्मा १४ खेल खेलेको छ । यसमा उसले ८ खेल जितेको छ । पाँच खेल हारेका छ भने एक खेलमा नतिजा हुन सकेन । यसरी हेर्दा भारतीय टीमले ६२ प्रतिशत खेलमा जीत हासिल गरेको देखिन्छ ।

टीम भारतले यसअघि लगातार तीनवटा खेलमा वेष्ट इण्डिजलाई हराएको थियो । त्यसैले आज उसले चौथोपटक जीत्न खोजेको छ भने दक्षिण अफ्रिकाले पनि यसअघि श्रीलंकालाई तीन खेल हराएको छ । उसका लागि पनि यो लगातार चौथो टी२० जित्ने मौका छ ।

यसअघि वर्षाका कारण खेल हुन नसकेपनि आज भने मौसमले साथ दिने अनुमान गरिएको छ । मोहालीमा साँझ खेल हुनसक्ने भएपनि करिब १० बजेतिर भने वर्षा हुने अनुमान मौषमविद्हरुले गरेका छन् । तापमान भने २४ देखि ३२ डिग्री सेल्सियस रहनेछ ।

यो मैदानको पिचलमा ब्याट्सम्यानहरुलाई फाइदा हुन्छ । यहाँ पहिला ब्याटिङ गर्ने टीमको औसत स्कोर १८४ रन रहेको छ । रन चेजमा भने औसत स्कोर १७५ रहेको छ ।

सबैका आँखा ऋषभ पन्तमाथि

धर्मशाला खेल अघि कोच रवि शास्त्रीले ऋषभको ब्याटिङमाथि टिप्पणी गर्दै गलत किसिमले खेलेमा त्यसको परिणाम भोग्नुपर्ने बताएका थिए । पन्तले विगत तीन खेलमा ०, ४ र ६५ रनको पारी खेलेका थिए । धोनीको विकल्पका रुपमा लिइएका पन्तको आजको प्रदर्शनमा सबैको ध्यान जाने छ ।
भारतसँग इशान किसन र सन्जु स्यामसन जस्ता विकेटकीपर र ब्याट्सम्यान रहेको अवस्थामा आज र बेंगलुरुमा हुने तेश्रो खेलमा उनले राम्रो खेल्न सकेनन भने उनी टिममा बनिरहन मुश्किल पर्ने देखिन्छ ।
मोहालीमा भारतीय टीम तीन वर्षपछि खेल्दैछ । यसअघि उसले २०१६ मा अष्ट्रेलियालाई हराएको थियो । यो खेलमा अहिलेसम्म खेलिएका चार टी २० मा दुई पटक रन चेज गर्ने टीमलाई जित हात परेको छ ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कूल १३ टी २० खेल भएका छन् । यसमा भारतले ८ खेल जितेको छ । दक्षिण अफ्रिका ५ खेलमा जितेको छ । भारतमा भने दुबैबीच दुई खेल खेलिएका छन् । दुबैमा अफ्रिकाले जीत हासिल गरेका थियो ।

यस्तो छ दुबै टीम

भारत :
विराट कोहली (कप्तान), रोहित शर्मा (उप-कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पांडेय, ऋषभ पंत, हार्दिक पंड्या, क्रुणाल पांड्या, रवींद्र जडेजा, वॉशिंगटन सुंदर, राहुल चहर, खलील अहमद, दीपक चहर, नवदीप सैनी।

दक्षिण अफ्रीका :
क्विंटन डीकॉक (कप्तान), तेम्बा बवुमा, जुनियर डाला, बोर्न फोर्चुन, ब्यूरेन हैंड्रिक्स, रीजा हैंड्रिक्स, डेविड मिलर, एनरिच नोर्त्जे, एंडिले फेहलुकवायो, ड्वेन प्रिटोरियस, कगिसो रबाडा, तबरेज शम्सी, जेजे स्मट्स, रसी वान डर डुसेन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: