मन्त्री योगेश भट्टराईलाई सफलताः एयरलाइन्सले दिन थाल्यो ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौंः नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने थालेका छन् । उक्त छुट बुधबारदेखि नै लागू भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

सहप्रवक्ता सुलेख मिश्रले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट बुधबारदेखि नै लिन पाउने निर्णय गरिएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । त्यहीअनुसार नेपाल एयरलाइन्सले उक्त निर्णय गरेको हो ।

यस्तै, निगमले दसैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब यात्रुले आन्तरिक उडानका लागि अग्रिम बुकिङ गरी टिकट लिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्