Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अत्तरियामा पनि राष्ट्रिय विज्ञान दिवस मनाइयो

धनगढीः कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी प्राविधिक नमूना विद्यालयले राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यालयको प्रदर्शनी हलमा सञ्चालित कार्यक्रममा विज्ञान प्रदर्शनी र विज्ञान प्रविधी सम्बन्धी परिचर्चा गर्दै विज्ञान दिवस मनाइएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नै स्रोतसाधन र कच्चा पदार्थ प्रयोग गरी विज्ञानका बिभिन्न उपकरणहरू निर्माण गरी प्रदर्शन गरेका थिए । प्रदर्शनीमा रोबोट, इलेक्ट्रिक फ्यान, लिफ्ट, केवलकार, पानीजहाज, म्याग्नेटिक गन, अल्कोहल थर्मोमीटर, अटो चार्जेबल ब्याट्री लगायत उत्कृष्ट उपकरण विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विज्ञान शिक्षक समूहका संयोजक अनिल ओझा, शिक्षकहरू बिक्रम खड्का, गगनराज भट्ट, डिल्लीराज जोशी, सुरेश धामी लगायतले विज्ञान र प्रविधीका बिभिन्न सवालमा आफ्ना धारणा राखेका थिए ।

विद्यालयका इन्चार्ज राम बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरू लेखराज महता, मनिषा मल्ल, लक्ष्मी पाण्डे, सहायक प्रधानाध्यापक डीएन भट्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले विद्यार्थीहरूको रचनात्मक क्षमता र प्रतिभा उजागर गर्न विद्यालयका तर्फबाट आफु सधै अग्रसर हुने बताए ।

विज्ञान र प्रविधीको समुचित बिकासबाट मात्रै राष्ट्रको समयसापेक्ष समृद्धि सम्भव भएकाले विद्यालय कलेज तहदेखि नै यसको बारेमा सकारात्मक धारणा जगाउन र विज्ञान सम्बन्धित सिर्जनात्मक क्षमता अभिबृद्धि गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जनक रसिकले जानकारी दिए । नेपालमा २०६९ सालदेखि हरेक असोज १ गते विज्ञान दिवस मनाइदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: